धरानः धरानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा उनको निधन भएको हो ।
सप्तकोशी-१ की संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनी दीर्घरोगी थिए ।
गत १३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १३ गते प्रतिष्ठानमा भर्ना भएका थिए । मंगलबार ५ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।