Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्को ब्याजदर असुल्ने एनआइसी एशिया बैंकलाई ‘एक्सन’

हाम्रो कोशी आवाज
बैशाख २२ २०७८, बुधबार
चर्को ब्याजदर असुल्ने एनआइसी एशिया बैंकलाई ‘एक्सन’

धरानः चर्को ब्याजदर असुल्ने एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले एक्सन लिएको छ ।
एक्सन लिएपछि चर्को ब्याजदर समेत घटाएको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी घरकर्जाको ब्याजदर १५.७० प्रतिशत पुर्याएको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । बैंकले यसअघि कायम रहेको ९.९२ प्रतिशत कर्जाको ब्याजदरमा ५.७८ बिन्दु थप गरी कर्जाको साँवा ब्याज तिर्न ऋणीलाई पत्राचार गरेपछि यसमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको थियो ।
बैंकले चर्को ब्याजदरमात्र नभएर यसअघि कायम गरिएको कर्जाको प्रिमियममा समेत थप गरेको खुलासा भएपछि राष्ट्र बैंकले बैंकलाई सो सम्बन्धी स्पष्टिकरण मंगलबार सोधेको थियो । बैंकले सो पत्र नियतवश नभएर प्राविधिक गल्तीले भएको भन्दै सच्याउने प्रतिबद्धता गरेको राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।
‘विभिन्न सञ्चारमाध्यममा एनआएसी एशियाले बढाएकोे कर्जाको ब्याजदर विषयमा समाचार आएपछि राष्ट्र बैंकले तत्कालै छानविन शुरु गरेको थियो,’ उनले क्किमाण्डूसँग भने, ‘राष्ट्र बैंकले हस्तक्षेप गरेपछि सम्बन्धित बैंकले नियतवश नभई प्राविधिक गल्तीका कारणले भएको भन्दै सुधार गरेको हो ।’
राष्ट्र बैंकको हस्तक्षेपपछि एनआइसी एशिया बैंकले बढाएको ब्याजदर र प्रिमियम पहिलेकै कायम गर्ने प्रतिबद्धता गरेको र सोही अनुसार काम गरी पत्राचार राष्ट्र बैंकमा गरेको उनले जानकारी दिए ।
हाल बैंकको बेसरेट ६.७७ प्रतिशत छ भने बैंकले अधिकांश कर्जाको प्रिमियम ७ प्रतिशतसम्म तोकेको छ ।
यस्तै प्रकारका विकृतिहरु बैकिङ क्षेत्रमा आएका राष्ट्र बैंकले प्रिमियम तोक्न समेत कडाइ गर्ने प्रवक्ता ढकालले बताए । ‘यस्तो प्रवृतिले बैंकिङ क्षेत्रनै बदनाम हुन्छ, विकृति फैलिँदै गएमा राष्ट्र बैंक प्रिमियम तोक्न बाध्य हुन्नसक्छ,’ उनले थपे, ‘बैंकहरुले कर्जामा विभिन्न शर्त राखेर ब्याजदर परिवर्तन गर्दा ग्राहक मर्कामा परिरहेका हुन्छन् । रिटेल कर्जा लिने ग्राहकले फिक्स्ड ब्याजदरमै कर्जा लिन उपयुक्त हुन्छ ।’
बैंकले चैत मसन्तसम्म कायम भएको ब्याजदरमा प्रिमियम बढाएर ऋणीलाई बढेको ब्याजदरको जानकारी गराएको थियो । तर, सो विषय बैंकले कुनै नियतवशले गरेको नभएर प्रविधिक गल्तीका कारण भएको बैंकका सह–प्रवक्ता अर्जुन खनियाँले बताए ।

प्रकाशित मिति: बैशाख २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend