धरानः धरानमा २९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
गोलबजार-६, सिरहाका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनलाई नोवेल मेडिकल कलेज विराटनगरले धरान रेफर गरेको थियो । कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई यहाँ रेफर गरिएको हो ।
गत १२ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १२ गते अस्पताल भर्ना भएका थिए । बिहीबार ११ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।