Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २३ २०७८, बिहिबार
धरानकी संक्रमित महिलाको मृत्यु

धरानः धरानमा ५३ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान-३, की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २३ गते अस्पताल भर्ना भएकी थिइन्  । बिहीबार १ः३८ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनलाई निरन्तर खोकी चलेर स्वासप्रश्वासमा समस्या आफन्तजनले अस्पताल भर्ना गरेका थिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए । योसँगै धरानमा वैशाखयता मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
यस्तै, मिङलाजुङ-२ मोरङका ७५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बिहीबार नै मृत्यु भएको हो । उनमा बिहीबार नै कोरोना पुष्टि भएको थियो । उनी २२ गते प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए । उनको १ः०५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु दुवै दीर्घरोगी थिए ।

प्रकाशित मिति: बैशाख २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend