धरानः धरानमा २० वर्षीया संक्रमित युवतीको मृत्यु भएको छ ।
पञ्चकन्या-१ तेह्रथुमकी संक्रमित युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १७ गते अस्पताल भर्ना भएकी थिइन् । शनिबार ५ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।