Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टङ्क आङ्बुहाङले मन्त्री बनेपछि ताप्लेजुङमा पठाए १५ लाख

हाम्रो कोशी आवाज
बैशाख २५ २०७८, शनिबार
टङ्क आङ्बुहाङले मन्त्री बनेपछि ताप्लेजुङमा पठाए १५ लाख

ताप्लेजुङः प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले रु १५ लाखसहित १० शथ्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् । उनी केही समयअघि मन्त्री भएका थिए । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो ।
कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत रु १५ लाख पठाएको मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईँले जानकारी दिएका छन् ।
स्टेन, टुलबक्सलगायत १० थान शय्यासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाएका छन् । यससँगै २०० थान पिपिइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन र मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईँले जानकारी दिएका छन् ।
स्वास्थ्य सामग्री आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइपुग्ने गुरागाईँले बताए । ताप्लेजुङसहित प्रदेश नं १ का हिमाली जिल्लाका लागि पिसिआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईँले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बैशाख २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend