Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सालीको बिहे खाएर धरान फर्किएका धरान-१६ का संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २५ २०७८, शनिबार
सालीको बिहे खाएर धरान फर्किएका धरान-१६ का संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा ४१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-१६ अस्थायी बसोबास गर्दै आएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २० गते नै अस्पताल भर्ना भएका थिए । उनलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
शनिबार बिहान ९ः०४ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
धरान-१६ का वडा सदस्य दीपक आचार्यका अनुसार उनी विगत ३ वर्षदेखि स्वामीचोकमा बसोबास गर्दै आएका थिए । वडा सदस्य आचार्यले दिएका जानकारीअनुसार उनी केही दिनअघि मात्रै जनपुरमा पुगेर सालीको विवाहमा सहभागी बनेर धरान फर्किएका थिए । उनी जनकपुरस्थित ससुराली घर पुगेका थिए । उनको ससुराली घर नै जनकपुर थियो । उनको स्थायी घरचाहिँ सप्तरी हो ।

प्रकाशित मिति: बैशाख २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend