Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभामा वैशाख २६ देखि जेठ २ गतेसम्म निषेधाज्ञा

हाम्रो कोशी आवाज
बैशाख २५ २०७८, शनिबार
संखुवासभामा वैशाख २६ देखि जेठ २ गतेसम्म निषेधाज्ञा

संखुवासभाको चैनपुर बजार ।  फाइल तस्वीर: हाम्रो कोशी आवाज

संखुवासभाः जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले सिफारिस गरेअनुसार बैशाख २६ देखि जेठ २ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
निषेधाज्ञाको अवधिमा बजार, पसल, सैलुन, ब्युटीपार्लर र जिमखाना बन्द रहने छन्। विवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै १५ जनाभन्दा बढी भेला हुन नपाउने प्रशासनले जनाएको छ ।
कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि निषेधाज्ञा जारी गरिएको हो । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बुधबारदेखि नै जिल्लाका बजार, पसल बन्द छन् । उद्योग वाणिज्य संघ संखुवासभाले बुधबारदेखि बैशाख ३१ गतेसम्म अत्यावश्यकबाहेकका व्यवसाय, साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघ संखुवासभाका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधानले जानकारी दिए । खाद्यान्नको पसलहरु बिहान ६ देखि ९ र बेलुकी ४ देखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि संखुवासभामा ९० जना संक्रमित भएका छन् । जसमध्ये १४ जना निको भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend