Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका उद्योगी रोशन सोनीको सिंगिया खोलामा अन्त्येष्टी

हाम्रो कोशी आवाज
बैशाख २५ २०७८, शनिबार
धरानका उद्योगी रोशन सोनीको सिंगिया खोलामा अन्त्येष्टी

धरानः कोरोना संक्रमणबाट निधन भएका धरानका उद्योगपति रोशन सोनीको अन्त्येष्टी गरिएको छ ।
सिंगिया खोलामा उनको दाहसंस्कार गरिएको हो । विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सोनीको शुक्रबार राति निधन भएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएका सोनीलाई थप समस्या भएपछि उपचारको लागि एक साताअघि विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो । उनको हिजो राति करिब १० बजे निधन भएको थियो ।
सोनी पछिल्लो समय आन्द्रामा समस्या भएर उपचारको लागि भारतको दिल्ली गएका थिए । त्यहाँ अप्रेशन गरेर उनी घर फर्किएका थिए । सोही क्रममा पिसिआर जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी साताअघिदेखि नोवेल अस्पतालमा उपचाररत थिए । सोनीको तीनकुनेस्थित औद्योगिक क्षेत्रमा उद्योग पनि छ । उनीसँगै वैशाखयता धरानमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: बैशाख २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend