Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २२ लाखमा पार्कसहितको जीम सञ्चालनमा आउने, धराने सबैले जीम गर्न पाउने

हाम्रो कोशी आवाज
बैशाख २५ २०७८, शनिबार
धरानमा २२ लाखमा पार्कसहितको जीम सञ्चालनमा आउने, धराने सबैले जीम गर्न पाउने

धरानः धरानमा पहिलोपटक धरानमा ‘आउटडोर जीम’ सञ्चालनमा आउने भएको छ ।
धरानको वडा नं. १८ शिवमार्ग स्थित (आउटडोर) खुल्ला जीम सञ्चालनमा ल्याइने भएको हो । शनिबार धरान उपमहानगरका नगर प्रमुख तिलक राई र सोही वडाका वडाध्यक्ष प्रविण राई (नरेन्द्र) ले आउटडोर जीमको कार्य शुभारम्भ गरेका छन् ।
शिवमार्गस्थित खुल्ला जग्गामा पार्कसहितको आउटडोर जीमको निर्माण कार्य आजबाट सुरु गरिएको वडाध्यक्ष राईले जानकारी जानकारी दिए । उनका अनुसार  टुइस्टर, राइड (साइक्लिङ), पुल चेयर, पुल अप, रबत्र ब्याण्डलगायतका ११ किसिमका आउटडोर जीमका सामाग्रीहरु राखिने भएका छन् ।
उनले सो स्थानमा टायल बिछ्याउने, बत्ती जडान गर्ने, फलामले जडित बस्ने ठाउँ, केटाकेटीका लागि पिङ, हेभिङ सेटअप र गार्डेन बनाउन बाँकी रहेको बताएका छन् ।

चालु आर्थिक वर्ष ०७७-७८ मा १८ नं. वडाका लागि २२ लाख रुपैयाँ बजेट परेको थियो । सो बजेटबाट पार्कसहितको आउटडोर जीम सञ्चालनमा ल्याउन लागिएको हो । धरान-१८ को मात्र नभई अन्य वडाका मानिसहरुले समेत आएर आउटडोर जीम गर्न सक्ने वडाध्यक्ष राईले जानकारी दिए । विशेष गरेर धरानबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आउटडोर जिमको अवधारणा वडाले ल्याएको उनको भनाई छ ।
नगर प्रमुख राईले धरानमै पहिलोपटक वडा नं. १८ ले पार्कसहितको आउटडोर जिमको अवधारणा ल्याएको बताउँदै प्रशंसा गरे । नगर प्रमुख राईका अनुसार विशेष गरेर फिजियोथेरापी गर्नेुपर्ने व्यक्तिहरु तथा ‘मर्निङवाक’ गर्न चाहने तर धेरै लामो बाटो हिँड्न नसक्ने ज्येष्ठ नागरिकका लागि आउटडोर जीम उपयुक्त हुनेछ । साथै उनले जुनसुकै उमेर समूहकोले पनि ‘एक्सरसाइज’ गर्न सक्ने बताएका छन् ।

प्रकाशित मिति: बैशाख २५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend