धरानः धरानमा तीन संक्रमितको मृत्यु भएको छ ।
५८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । इटहरी–२ सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १९ गते नै अस्पताल भर्ना भएका थिए । आइतबार १०ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, मोरङका ५८ वर्षीय संक्रमित पुरुषको पनि आइतबार नै निधन भएको छ । विराटनगर–८ मोरङका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १० गते नै अस्पताल भर्ना भएका थिए । आइतबार ७ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
यस्तै, झापाका ६२ वर्षीय संक्रमित पुरुषको पनि सोमबार निधन भएको छ । बिर्तामोेड–५ मोरङका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २३ गते नै अस्पताल भर्ना भएका थिए । सोमबार १२ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।