Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झ्याल-ढोका आल्मुनियम कि युपीभीसी राम्रो ?

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
झ्याल-ढोका आल्मुनियम कि युपीभीसी राम्रो ?

घर बनाउँदा काठको झ्याल राख्ने चलन अब पुरानो भइसक्यो । अहिले घरका झ्यालढोका आल्मुनियम र प्लास्टिकका राख्न थालिएको छ । निर्माण समय, सुन्दर र मूल्यका हिसाबले पनि काठको विकल्पमा आएका यी दुई प्रविधिमा ग्राहकको आर्कषण बढिरहेको छ ।
पछिल्ला दिनमा निर्माण भएका झण्डै ७० प्रतिशत घरमा आल्मुनियम वा यूपीभीसीका झ्याल–ढोका प्रयोग भइरहेको निर्माण कार्यमा आबद्ध इन्जिनियर बताउँछन् । आल्मुनियम र यूपीभीसी दुई बेग्लाबेग्लै प्रविधि हुन् । आल्मुनियम धातु हो भने यूपीभीसी प्लास्टिक हो । यी दुवैका झ्याल–ढोकाका आ–आफ्नै फाइदा र बेफाइदा छन् । सबै घरमालिकलाई आफ्नो घरमा गुणस्तरीय झ्याल–ढोका राख्ने चाहना हुन्छ । तर, यी दुईमा कुन चाहिँ उत्कृष्ट भन्ने कुराको ठोस जवाफ छैन । मूल्य, आवश्यकता र प्रयोगका हिसाबले दुवै प्रविधिका आफ्नै विशेषता छन् ।
यस लेखमा आल्मुनिमय र यूपीभीसी प्रविधिबारे जानकारी गराइएको छ ।
मूल्यका हिसाबले आल्मुनियमभन्दा यूपीभीसी महँगो छ । यूपीभीसीका झ्याल–ढोकाको काम गर्दै आइरहेको अल्टरनेटिभ प्रोफाइल कम्पनीका अनुसार यूपीभीसीको झ्याल बनाउन प्रतिस्क्वायर फिट ६ सय ५० देखि २५ सय रुपैयाँसम्म खर्चिनुपर्छ । अझ राम्रो डिजाइन चाहेमा पाँच हजार रुपैयाँसम्म प्रतिवर्ग फिट मूल्य पर्ने कम्पनीको भनाइ छ ।
यूपीभीसीको डिजाइन, रङ र साइजले यसको मूल्य तय गर्ने अल्टरेटिभ प्रोफाइलको भनाइ छ । यूपीभीसी वानसाइड ब्राउन र फुल ह्वाइटमा पाइन्छ । वानसाइड ब्राउन यूपीभीसीमा भित्र सेतो र बाहिर ब्राउन कलर हुन्छ । फुल ह्वाइट आल्मुनियम दुवैतर्फ सेतो कलरको हुन्छ । फुल ह्वाइट यूपीभीसीको तुलनामा वानसाइड ब्राउन यूपीभीसीको मूल्य प्रतिवर्ग फिटमा डेढ सय रुपैयाँसम्म महँगो पर्ने कम्पनीले जनाएको छ ।
घरमा फिक्स्ड झ्यालका लागि ६० एमएमको यूपीभीसी प्रयोग गरिन्छ । जसको मूल्य प्रतिवर्ग फिट ६ सय ७५ रुपैयाँ पर्छ । स्लाइड झ्यालका लागि ८० एमएमको यूपीभीसी प्रयोग गरिन्छ । जसको मूल्य प्रतिवर्ग फिट ७ सय ५० रुपैयाँ पर्छ । काठको झ्याल जस्तै उघार्न मिल्ने झ्यालका लागि ६० एमएमको यूपीभीसी भए पुग्छ । जसको मूल्य प्रतिवर्ग फिट ६ सय ७५ रुपैयाँ पर्छ । अल्टरनेटिभ कम्पनीका अनुसार ढोकाका लागि १०० एमएमको यूपीभीसी प्रयोग गरिन्छ । जसको मूल्य प्रतिवर्ग फिट नौ सय रुपैयाँ पर्न आउँछ । यो फुल ह्वाइट यूपीभीसीको मूल्य हो । यदि वानसाइड ब्राउन यूपीभीसी प्रयोग गर्न चाहेमा डेढ सय रुपैयाँ बढी पर्न आउँछ ।
अब डिजाइन र कलरको कुरा आउँछ । जति राम्रो डिजाइन र उत्कृष्ट कलर खोजिन्छ, त्यति नै मूल्य बढ्दै जाने यूपीभीसी विक्रेता कम्पनी बताउँछन् । सामान्यतया घरका झ्याल–ढोकामा प्रयोग हुने यूपीभीसी ७ सय ५० रुपैयाँ प्रतिवर्ग फिट हाराहारी मूल्यको हो । सिसा मोटो भएको खण्डमा यूपीभीसी पनि मोटो प्रयोग गर्नुपर्ने हुन्छ । यसले मूल्यमा पनि फरक पार्छ ।
प्लास्टिक प्रविधि
यो साधारण आल्मुनियमको मूल्य हो । डिजाइन र रङले मूल्यमा फरक पार्न सक्छ । यो साधारण यूपीभीसीको मूल्य हो । डिजाइन र रङअनुसार पाँच हजार वर्गफिटसम्म मूल्य पर्न सक्छ ।
बजारमा आल्मुनियम ०.७८ एमएमदेखि १.५ एमएमसम्मको मोटाइमा पाइन्छ । ०.७८ एमएमको ३ सय ५० देखि ४ सय २० रुपैयाँ, ०.९० एमएमको ४ सय ५० देखि ४ सय ८० रुपैयाँ, १ एमएमको पाँच सयदेखि ५ सय २० रुपैयाँ, १.१ एमएमको ४ सय ८० देखि ५ स २० रुपैयाँ, १.२ एमएमको ५ सय ५० देखि ५ सय ८० र १.५ एमएमएको ७ सय ५० देखि आठ सय रुपैयाँसम्म रहेको ललितपुर, ग्वार्कोमा रहेको विनक्राफ्ट प्रिमियम यूपीभीसी एन्ड आल्मुनियम कम्पनीले जनाएको छ ।
विनक्राफ्टका अनुसार घरमा प्रयोग गर्नका लागि सबैभन्दा बढी चलेको ०.९ देखि १.२ एमएमसम्मको आल्मुनियमका झ्याल–ढोका हुन् । महँगो झ्याल–ढोकाप्रयोग गर्न चाहनेले १.५ एमएमको आल्मुनियम प्रयोग गर्छन् ।
आल्मुनियम पनि तीन रङमा उपलब्ध हुन्छ । रङअनुसार मूल्य पनि फरक–फरक रहेको हुन्छ । पन्थीका अनुसार काठ कलरको आल्मुनियमभन्दा कालो रङको आल्मुनियम १० रुपैयाँ सस्तो हुन्छ भने कालोभन्दा नेचुरल (ह्वाइट) रङको आल्मुनियम १० रुपैयाँ सस्तो पर्न जान्छ ।
लागतसँग तुलना गर्दा आल्मुनियम र यूपीभीसी झ्यालको मूल्यमा ठूलो अन्तर आउँछ ।
तापक्रम व्यवस्थापन
यूपीभीसी एउटा ठूलो इन्सुलेटर हो । यूपीभीसी झ्यालले कोठामा चिसो र तातो ताफक्रम व्यवस्थापन गर्ने क्षमता राख्छ ।
आल्मुनियम व्यवसायी पन्थीका अनुसार आल्मुनियम झ्यालको सन्दर्भमा आममान्छेको गलत बुझाइ रहेको छ । यूपीभीसीमा जस्तो आल्मुनियममा इन्सुलेटर प्रविधि हुँदैन । तर, यो गलत बुझाइ हो ।
आल्मुनियमका फ्रेम छुँदा चिसो लाग्न सक्छ तर यसका फ्रेमले सिसाले जस्तै ऊर्जा दिन सक्छ । अर्थात्, घर बाहिर र भित्रको तापक्रम मेन्टेन गर्न सक्छ । यसमा थर्मल ब्रेकको प्रयोग गरिन्छ, जुन एउटा अवरोध हो । जसले झ्यालको बाहिरी र भित्री भागको आल्मुनियमको बीचमा सम्पर्क रोक्छ र घरको भित्री कोठालाई लामो समयसम्म न्यानो राख्न मद्दत गर्छ ।
यूपीभीसी र आल्मुनियम दुवैको आफ्नै उत्कृष्ट इन्सुलेट क्षमता हुन्छ ।
सुरक्षा प्रणाली
यूपीभीसी र आल्मुनियम दुवै झ्यालमा बलियो फ्रेम र धेरै लकका प्वाइन्ट राखिने हुनाले झ्याललाई अत्यन्त सुरक्षित बनाउँछ । बजारमा दुवै थरीका झ्याल विभिन्न डिजाइनमा पाइन्छन् । सुरक्षाको दृष्टिकोणले दुवै बराबरी रहेका छन् ।
मर्मत-स्याहार
व्यवसायीका अनुसार मर्मत र स्याहारको कुरा गर्दा यी दुईमा कुन सजिलो भनेर छानिरहनु आवश्यक छैन । यी दुवै झ्याल–ढोका च्यातिने वा सड्ने गल्ने सम्भावना रहँदैन । सफा गर्न पनि सजिलो हुन्छ । भिजेको कपडाले अथवा सफा गर्ने केमिकल प्रयोग गरी सजिलै सफा गर्न सकिन्छ ।
आल्मुनियम झ्याल तुलनात्मक रूपमा सस्तो हुन्छ । यो लामो समयसम्म टिकाउ हुने भएकोले दीर्घकालसम्म झ्याल फेरिरहनु पर्दैन । डिजाइनको दृष्टिकोणले पनि यसका झ्याल आधुनिक र उच्च ढाँचाको हुन्छ ।
यूपीभीसी झ्याल तुलनात्मक रूपमा अलि महँगो हुन्छ । यसका झ्याल पनि घरलाई आधुनिक देखाउन मद्दत गर्छन् । दुवै प्रविधिका झ्यालका आ–आफ्नै विशेषता भए पनि धेरै गुण मिल्दाजुल्दा छन् । आफ्नोे बजेटअनुसार छनोट गर्न सकिन्छ ।

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठान अगाडि प्रहरी र अनुगमन टोली देख्नेवित्तिकै औषधि पसले भागे, टोलीले झुन्डयायो ताला

    धरानः धरान-१८ बीपी प्रतिष्ठानको गेट बाहिरका औषधि पसलमा अनुगमन जारी छ । यसैबीच सोमबार गरिएको अनुगमनमा १४ औषधि पसललाई शिलबन्दी गरिएको औषधि व्यवस्था विभागका अधिकृत...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • विराटनगर आइपुग्यो कोलकाताबाट छुटेको रेल

    धरानः नेपाल-भारत पारवहन सन्धिअन्तर्गत भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक सञ्चालन भएको मालवाहक (कार्गो) रेल विराटनगर आइपुगेको छ। नेपाली महावाणिज्य दूतावास, कोलकाताको पहलपछि तेस्रो मुलुकबाट...

    • १ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend