Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोना बिरामीको शल्यक्रिया

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
धरानमा कोरोना बिरामीको शल्यक्रिया

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
कल्याापुर, सिरहाका ४० वर्षीय पुरुषको सोमबार बिहान २ः३० बजे आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
बिरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै ज्वरो, खोकी, वान्ता, स्वासप्रश्वासको समस्या देखापरी कर्जाना, सिरहाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको निम्ति जाँदा त्यहाँ नै पोजेटिभ रिपोर्ट आएको थियो ।
थप उपचारका लागि आइतबार उनलाई धरान ल्याइएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा रेफर भई आएका उनको उपचार भइरहेको थियो । कोभिड अस्पतालमा थप जाँचहरु गर्दा सानो आन्द्रामा समस्या देखा परेको थियो ।
पेटमा संक्रमण फैलिएको हुँदा जेनेरल सर्जरी विभागका डा. निर्मलप्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गरिएको थियो । उनीलगायत सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. सन्दीप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापतीका साथै नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्कीको टिमले सो शल्यक्रिया गरेका थिए ।
कोरोनाको दोस्रो लहर शुरु भएयता पूर्णरुपमा बेहोस बनाइ कोभिड अस्पतालमा अवस्थित शल्यक्रिया कक्षमा शल्यक्रिया भएको यो नै पहिलो भएको डा. निर्मलप्रसाद बताउँछन् ।
यसअघि पाँचजना बिरामीहरुको शल्यक्रिया कोभिड १९ को पहिलो लहरको बेला पनि भएको थियो । सो शल्यक्रिया गाइने विभागका डाक्टरहरुबाट गरिएको थियो । डा. मनोज शाहको नेतृत्वमा दुइवटा, डा. दिप्ती दासको नेतृत्वमा दुइवटा तथा डा. दीपा शाहको नेतृत्वमा एउटा शल्यक्रिया भएको थियो । साथै डा. सूर्यप्रसाद रिमालको नेतृत्वमा दुईजनाको शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend