धरानः धरानका युवापुस्ताले धरानका विभिन्न स्थानमा पर्चा टाँस्दै, मास्क बाँड्दै गरेका छन् ।
धरान–३ पालिका बजार, धरान–९ को सब्जी मण्डी, धरान–१३ मा रहेको कृषि बजारमा सचेतना कार्यक्रमस्वरुप पर्चा टाँसिएको भने साप्ताहिक कार्यक्रम संयोजक तथा जेसिज वर्ष २०२१ का कम्युनिटीतर्फका उपाध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
धरान जेसिजले साप्ताहिक कार्यक्रम नै राखेर कोरोना सचेतना कार्यक्रम गरेको हो । सोमबार अन्तिम दिन धरान–१४ मा रहेको प्रहरी बिटलाई साबुन माक्स र सेनिटाइजर वितरण गरिएको थियो ।
युवाले जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान पुगेर ४ सय थान सर्जिकल माक्स सेनिटाइजर र साबुन वितरण गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिए । कार्यक्रममा धरान जेसिजका अध्यक्ष मणिराज अधिकारी, नेपाल जेसिज वर्ष २०२१ का उपाध्यक्ष दीपेन्द्र निरौलालगायतको उपस्थिति थियो ।





