Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-३ का पुरुषसहित तीनको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २८ २०७८, मंगलबार
धरान-३ का पुरुषसहित तीनको मृत्यु

धरानः धरानमा दुई संक्रमितको मृत्यु भएको छ ।
धरान-३ का ४६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २० गते नै अस्पताल भर्ना भएका थिए । मङ्गलबार १२ः१८ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, सुनसरीका अर्का संक्रमितको पनि मृत्यु भएको छ ।
कोशी गाउँपालिका-१ सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १२ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १६ गते नै अस्पताल भर्ना भएका थिए । सोमबार ९ः०५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
यस्तै, विराटनगरका ४८ वर्षीय संक्रमित पुरुषको पनि सोमबार निधन भएको छ । विराटनगर-१४ मोरङका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २७ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २७ गते नै अस्पताल भर्ना भएका थिए । सोमबार ९ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend