Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पत्रकारका समस्या राख्दै उपमहानगरपालिका र पत्रकार महासंघलाई ध्यानाकर्षणपत्र

हाम्रो कोशी आवाज
बैशाख २८ २०७८, मंगलबार
धरानमा पत्रकारका समस्या राख्दै उपमहानगरपालिका र पत्रकार महासंघलाई ध्यानाकर्षणपत्र

धरानः कोभिड-१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पुरयाउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।
प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारलाई फिल्डमा काम गर्नका लागि स्वास्थ्य सुरक्षा तथा सूचना संकलनमा सहयोग पुरयाउन आग्रह गरेको छ । स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै फेलोसिप कार्यक्रम ल्याउन, स्थानीय मिडियालाई समानुपातिकरुपमा विज्ञापन उपलब्ध गराउन, रिपोर्टिङ गर्न फिल्डमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन साथै समन्वय गर्न आग्रह गरेको छ ।
प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य सन्तोष काफ्ले, पत्रकार महासंघ कतार शाखाका कार्यसमिति सदस्य खेमराज सुवेदी, प्रेस चौतारी नेपाल सुनसरी सदस्य तथा धरान इञ्चार्ज दामोदर गुरागाई लगायतको उपस्थितिमा ध्यानाकर्षणपत्र बुझाइएको थियो ।
जिल्लाका धरान, इटहरी, बराहक्षेत्र, इनरुवालगायतका स्थानिय तहका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइएको प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकालले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रेस चौतारीले ध्यानाकर्षण गराएको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले चौतारीले राखेको माग प्रति सकारात्मक हुँदै तत्काल हामी छलफल गरेर स्वास्थ्य सामाग्री उपलब्ध गराउने, फेलोसिकालागी पत्रकार महासंघसँग समन्वय गर्ने तथा समानुपातिक विज्ञापनका विषयमा के गर्न सकिन्छ छलफल गरेर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
संकटको समयमा पत्रकार महासंघ सुनसरीले प्रभावकारी भूमिका निर्वाह गरिनुपर्ने, संकटसँग जुधिरहेका सञ्चारकर्मी र सञ्चार संस्थाहरुको राहतको लागि आवश्यक कार्यक्रम ल्याउनुपर्नेलगायतका बुँदा समेटिएको ध्यानाकर्षणपत्र बुझाइएको जनाइएको छ ।
ध्यानाकर्षण पत्र बुझदै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जिल्लाका सञ्चारसंस्था र सञ्चारकर्मीको अभिलेख राख्ने काम गरिरहेको भन्दै ततपश्चात कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बैशाख २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend