Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा इटहरीका संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
धरानमा इटहरीका संक्रमितको मृत्यु

धरानः धरानमा ७८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
इटहरी–२० तरहरा सुनसरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचापलगायतको समस्याबाट पनि पीडित थिए ।
उनी गत २९ गते नै अस्पताल भर्ना भएका थिए । बिहीबार ८ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend