धरानः धरानमा ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
लहान–१० सिरहाका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचापलगायतको समस्याबाट पनि पीडित थिए ।
उनी गत २५ गते नै अस्पताल भर्ना भएका थिए । बिहीबार १२ः४६ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।