धरानः धरानमा ५६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–१२ का संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २२ गते नै अस्पताल भर्ना भएका थिए ।
उनी दीर्घरोगी थिए । उनमा उच्च रक्तचापको समस्या थियो । आइतबार ४ः१५ बजे नै उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, त्रियुगा–२ उदयपुरका संक्रमित महिलाको पनि धरानमा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २७ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २८ गते नै अस्पताल भर्ना भएकी थिइन् ।
उनी दीर्घरोगी थिए । उनमा पनि उच्च रक्तचापको समस्या थियो । सोमबार ६ः३० बजे नै उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।