Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छिमेकीका घर पनि बिरानो लाग्दैछ !

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०७८, सोमबार
छिमेकीका घर पनि बिरानो लाग्दैछ !

फुङ्लीङः वल्लो पल्लो घर पालो पैंचो गर्ने, पसलमा गएर सरसामान किन्ने र घाँस दाउरा, मेलापात गदै आएका मेरिङदेन गाउँपालिका—४ का ५४ वर्षीय जनार्दन प्रसाई घर बाहिर नकिस्किएको दुई साता भयो ।
उनीँ मात्र होइन प्राय ताप्लेजुङको सबै गाउँमा मानिसहरु घरभित्रै बस्न थालेको छन् । मेरिङदेन गाउँपालिका–६ की विमना लिम्बू दुई हप्तादेखि छिमेकीको घरमा पुगेकी छैनन् ।
छिमेकीसँग भेटघाट पनि गरेको छैन । फुङ्लीङ नगरपालिका–७ बिहीबारे निवासी जितेन चेम्जोङले भने, ‘टोलबाट बाहिर गएर फेरि फर्केर आउन पाइँदैन । टोलको नियम कडा छ ।’ आफ्नो गाउँमा कोभिड–१९ संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको चेम्जोङले बताए ।
घरमा कोही छन् भन्ने भेउ बिहान धुरीबाट निस्केको धूवाँले पाइन्छ । नत्र गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिएको छ । बारीमा मकै हरियो देखिन्छ । बारीका गन्लाहरुमा घाँसको बालुवा पलाउन थालेको छ । गाउँ सुनसान भएपछि चराचुरुङ्गीहरु घर नजिक–नजिक आउन थालेको छ ।
चराहरुको आवाजले एक प्रकारको संगीतमय बन्दै गएको छ । पहिलो चरणको कोभिड–१९ को संक्रमण फैलिँदा सहरभन्दा गाउँ धेरै सुरक्षित मनिएको थियो । तर दोस्रो चरणको कोभिड–१९को लहरमा गाउँ पनि असुरक्षित हुँदै आएको मेरिङदेन गाउँपालिका–२ का स्थानीय मेघराज लिम्बूले बताए । ‘गाउँमा महामारी फैलियो भने बजारको जस्तो अस्पतालको सुविधा छैन । त्यसैले समयमै सुरक्षित रहनुपर्दछ ।’ ताप्लेजुङमा नौ स्थानीय तह मध्ये ७ स्थानीय तहमा कोभिड–१९ संक्रमण फैलिएको छ ।
गाउँ–गाउँमा कोभिड संक्रमितहरु छन् । गाउँमा बिरामी भए अस्पताल, यातायात, बाटोको सहज नभएको पाथीभराङवरका गाउँपालिका–६ की चित्राकुमार लिम्बूले बताइन् । उनले भनिन्, ‘बरु केही समय घरभित्र बस्नु को विकल्प छैन ।’
प्रत्येक स्थानीय तहरुले एक गाउँ देखि अर्को गाउँ आउँ जाउँ नगर्न सार्वजनिक सूचनाहरु विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको छ । जिल्ला अस्पताल ताप्लेजुङको तथ्यांक अनुसार जिल्लामा सक्रिय संक्रमित २७१ जना बढी रहेको कोभिड–१९ जिल्ला फोकल परसन तथा जिल्ला जनस्वास्थ अधिकृत प्रतिमा खरेलले बताइन् ।
मेरिङदेन गाउँपलिकाका प्रवक्ता सूर्यमान बराइलीले भने, ‘अहिले सहज वातावरण छैन । कोरोना सर्ने डर उत्तिकै छ । पोहोरको जस्तो होइन ।’

प्रकाशित मिति: जेष्ठ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend