धरानः धरानमा १७ वर्षीया संक्रमित किशोरीको मृत्यु भएको छ ।
जनकपुर-१४ धनुषाकी संक्रमित किशोरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १ गते नै अस्पताल भर्ना भएकी थिइन् ।
सोमबार ४ः५३ बजे नै उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, ४७ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
बलान बिहुल–६ सप्तरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १ गते नै अस्पताल भर्ना भएका थिए ।
उनको आइतबार १ः४० बजे नै उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।