धरानः धरानमा २८ वर्षीया संक्रमित युवतीको मृत्यु भएको छ ।
बेलबारी-९ मोरङकी संक्रमित युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २ गते नै अस्पताल भर्ना भएकी थिइन् । आइतबार ८ः०० बजे नै उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।