Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापाको अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको संक्रमणले मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७८, मंगलबार
झापाको अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको संक्रमणले मृत्यु

बिर्तामोडः कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार मृत्यु भएको छ ।
नगरपालिकाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि खम्याहाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
५० वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी हुन् ।
गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend