धरानः धरानमा ७२ वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुन्दरहरैंचा–१० मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ११ गते नै अस्पताल भर्ना भएकी थिइन् ।
बुधबार ५ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरानमै ५६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
बेलबारी–९ मोरङकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २ गते नै अस्पताल भर्ना भएका थिए ।
मङ्गलबार ६ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।