Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका पत्रकारलाई कलाकार माधव र ग्रीन तारा गु्रपले स्वास्थ्य सामग्री दियो

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७८, बिहिबार
सुनसरीका पत्रकारलाई कलाकार माधव र ग्रीन तारा गु्रपले स्वास्थ्य सामग्री दियो

धरानः फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि इटहरीका एक कलाकार र ग्रीनतारा गु्रप अफ कम्पनीले प्रेस चौतारी नेपाल सुनसरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । ।
सुनसरीका पत्रकारहरुका लागि इटहरी १ नं. वडा निवासी कलाकार माधव केशीले तीन हजार पिस मास्क र ग्रीनतारा गु्रपले एक हजार पिस मास्क, सेनिटाइजर र ह्यान्डवास प्रदान गरेको हो । कलाकार केसीले धरानमा आफै आएर प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला सहसंयोजक योगेशबाबु काफ्ले र सचिव विकास चाम्लिङ राईको हातमा स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।
बुधबार ग्रीन तारा गु्रपका अध्यक्ष एवं प्रबन्ध निर्देशक सम्राट श्रेष्ठले आफ्नो इटहरीस्थित कार्यालयबाट संगठनका पदाधिकारीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।
प्रेस चौतारी नेपालले अग्रपङ्क्तिमा खटिएका पत्रकारहरुलाई वितरण गर्न स्वास्थ्य सामाग्री सङ्कलन गरिरहेको प्रेस चौतारी नेपाल सुनसरीका संयोजक प्रेम बाँस्तोलाले जानकारी गराए । प्रेस चौतारीद्वारा संकलन गरिएका स्वास्थ्य सामाग्री पत्रकारहरुको साझा सङ्गठन नेपाल पत्रकार महासंघ सुनसरीलाई एकमुष्ट प्रदान गर्ने र महासघले आवश्यकता अनुसार सो स्वास्थ्य सामाग्री पत्रकारहरुलाई वितरण गर्ने चौतारीका सुनसरी सचिव विकास चाम्लिङ राईले जानकारी दिए । ५ हजार पिस माक्स र ३ लिटर सेनिटाइजर महासंघलाई प्रदान गर्न लागिएको चाम्लिङले जानकारी दिए ।
सुनसरीमा १३ जना पत्रकार कोरोना सङक्रमित भएको महासंघ सुनसरीले जनाएको छ । १ जना गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ । ११ जना होमआइसोलेसनमा रहेका र एकजना भर्खरै मात्र कोरोनालाई जितेर सामान्य अवस्थामा आइसकेका छन् । जिल्लामा कोरोना सङक्रमणको जोखिम बढेकोले पत्रकारहरुलाई नगई नहुने बाहेक घर बाहिर ननिस्कन पत्रकार महासङ्घ सुनसरीले आग्रह गरेको छ । परिस्थितिको संवेदनशीलताअनुसार घरमै बसेर रिपोर्टङ गर्ने तथा काम गर्ने वातवरण तयार गर्न सम्बन्धित सञ्चारगर्हहरुलाई अनुरोध गरिएको महासङघ सुनसरीका अध्यक्ष जनकऋषी राईले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend