धरानः धरानमा २८ वर्षीय संक्रमित युवाको मृत्यु भएको छ ।
कञ्चनपुर-८ सप्तरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत वैशाख ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ६ गते नै अस्पताल भर्ना भएका थिए ।
शुक्रबार २ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।