Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटासहित १२ वटा स्मार्ट सिटीका ११ अर्ब बराबरको गुरुयोजना स्वीकृत

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७८, शुक्रबार
धनकुटासहित १२ वटा स्मार्ट सिटीका ११ अर्ब बराबरको गुरुयोजना स्वीकृत

धरानः सरकारले १२ वटा स्मार्ट सहरको लागि ११ अर्ब बराबरको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरेको छ ।
स्मार्ट सहरको लागि ११ अर्ब रुपैयाँ खरिद प्रक्रियाको लागि मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएको हो । गुरुयोजनाको स्वीकृतिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले हस्ताक्षर गरेका छन् ।
मन्त्रालयका अनुसार धनकुटा, गौरीगञ्ज, चन्द्रपुर, मौलापुर, काभ्रे उपत्यका, वालिङ्ग, लुम्बिनी, तुलसीपुर, दुल्लु, भिमदत्त, अमरगढी र भक्तपुर जिल्लाको गुन्डु बालकोट क्षेत्रलाई स्मार्ट शहरको रुपमा विकास गर्नको लागि सो रकम स्वीकृत पाएको जनाएको छ ।
शहरी विकास मन्त्रालयका अनुसार गत वैशाख २७ गतेको पत्रबाट १२ नगरपालिकाका क्षेत्रलाई स्मार्ट शहरको विकास गर्न ११ अर्ब बराबरको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृति भएको जनाएको छ । गत चैत महिनामा शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले बहुवर्षीय गुरुयोजनाको सहमतिको लागि योजना आयोगमा पत्र पठाइएको थियो ।
उनका अनुसार स्वीकृत भएको बजेट अर्थ मन्त्रालयले विनियोजन गरेमा सो कार्यको लागि टेन्डर प्रक्रियामा जाने बताए ।
साथै, सोही अनुसार अर्थ मन्त्रालयमा बजेट माग हुने र बजेट विनियोजन भएपछि सोही अनुसार खरिद प्रक्रिया बढ्ने उनको भनाइ छ । आयोजना कार्यलयले १२ वटा स्मार्ट शहरको लागि प्रत्येक १–१ अर्ब भन्ने हो ।

प्रकाशित मिति: जेष्ठ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend