Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेहुला र बेहुलाको आमाको संक्रमणबाट मृत्यु, बेहुली अस्पतालमा

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७८, शनिबार
बेहुला र बेहुलाको आमाको संक्रमणबाट मृत्यु, बेहुली अस्पतालमा

बिर्तामोडः झापाको गौरादहमा एकै परिवारको दुईजनाको मृत्यु भएको छ ।
विवाह आयोजना गरेका उनीहरुको त्यहीबाटै कोरोना संक्रमण भएको पुष्टिसमेत भएको छ । झापाको गौरादह–४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाले केही महिनाअघि विवाह गरेका थिए । विराटनगरस्थित कोसी कोभिड अस्पतालमा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको जनाइएको छ । उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो ।
विवाह सकिएलगत्तै केही दिनभित्रै सन्तोष, उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि सन्तोष वैशाख २४ गतेदेखि उपचाररत थिए । शुक्रबार राति सन्तोषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै, सन्तोषकी श्रीमतीको पनि कोसी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रकाशित मिति: जेष्ठ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend