धरानः धरानका केही युवा नेताले रचनात्मक काम गरेका छन् ।
हरि लिम्बू, राजन चाम्लिङ, रविन बर्देवा, सुवास राईले इलाका प्रहरी कार्यालय धरानलाई ३५ हजार रूपैयाँ बराबरको मास्क, सेनिटाइजर प्रदान गरेका छन् ।
इलाका प्रहरी कार्यालय धरानको प्राङ्गणमा उनीहरुले सो सामग्री हस्तान्तरण गरेका थिए । प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीलाई सो सामग्री हस्तान्तरण गरिएको हरि लिम्बूले जानकारी दिए । ‘खासमा युवाले पनि केही रचनात्मक कार्य गर्न सक्नुपर्दछ भन्ने सन्देश छर्न यस्तो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
उनले २२ सय ५० थान मास्क, २१ लिटर सेनिटाइजर प्रहरीलाई दिएको जानकारी गराए । उनीहरु साविक राष्ट्रिय युवा संघ नेपालनिकट युवा हुन् । हरि केन्द्रीय सदस्य थिए भने राजन प्रदेश तहका । यस्तै, रविन र सुवास जिल्ला र नगरका नेता हुन् ।