Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा निर्भिक पत्रकार कृष्णसेनको स्मृतिमा पत्रकारका लागि ‘इम्मुनिटी पावर’ बढाउने औषधिलगायत स्वास्थ्य सामग्री प्रदान

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७८, बिहिबार
सुनसरीमा निर्भिक पत्रकार कृष्णसेनको स्मृतिमा पत्रकारका लागि ‘इम्मुनिटी पावर’ बढाउने औषधिलगायत स्वास्थ्य सामग्री प्रदान

धरानः प्रगतिवादी साहित्यकार एवम् निर्भिक पत्रकार कृष्णसेन इच्छुकको १९ औ स्मृति दिवसका अवसरमा बिहीबार इटहरीमा प्रेस सङ्गठन नेपाल १ नम्बर प्रदेश र सुनसरी जिल्लाले संयुक्तरुपमा नेपाल पत्रकार महासङ्घलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सङ्गठनका प्रदेश इञ्चार्ज राजन केडी, संयोजक श्रीशीशा राई र जिल्ला संयोजक अर्जुन शर्माले महासङ्घका अध्यक्ष जनकऋषि राई र उपाध्यक्ष गणेश निरौलालाई मास्क, सेनिटाइजर र इम्म्युनिटी पावर बढाउने आयुर्वेदिक औषधि हस्तान्तरण गरे ।
अग्रपङ्क्तिमा रहेर पत्रकारिता गर्ने जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा अवलम्वन गर्न र संक्रमित पत्रकारहरुलाई ‘इम्मुनिटी पावर’ बढाउने आयुर्वेदिक औषधि प्रदान गरिएको प्रदेश इञ्चार्ज केडीले बताए ।
देशभरी फैलिएको कोभिडका कारण औपचारिक कार्यक्रम गर्न नपाएपनि इच्छुकको विचार र योगदानलाई स्मरण गर्दै पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केडीले बताए ।

स्वास्थ्य सामग्री एकद्वार प्रणालीमार्फत् वितरण होस् भन्ने उद्देश्यले सम्पूर्ण पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको सङ्गठनका प्रदेश संयोजक राईले बताए ।
कलमको तागतमा स्थापित कहिले नमेटिने जिउँदो इतिहास जनपक्षीय पत्रकार कृष्णसेन इच्छुकको १९ औ स्मृति दिवसका अवसरमा स्वास्थ्य सामग्री प्रदान गरिएको सङ्गठनका जिल्ला संयोजक अर्जुन शर्माले बताए ।
कृष्णसेन २०५९ साल जेष्ठ १३ गते तत्कालीन राज्यपक्षबाट महेन्द्र पुलिस क्लबमा चरम यातना दिई मारिएका थिए । हस्तान्तरण कार्यक्रममा स्वतन्तन्त्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष शालीग्राम पाण्डे, नेपाल पत्रकार महासङ्घका प्रदेश समिति सदस्य पिवी दियाली, महासङ्घका प्रदेश परिषद सदस्य विशाल राई, महासङ्घका जिल्ला सह–सचिव तिर्थ कार्कीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: जेष्ठ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend