धरानः धरानमा ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–१६ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १४ गते नै अस्पताल भर्ना भएकी थिइन् ।
शुक्रबार ४ः२० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, भोजपुरका ५८ वर्षीय संक्रमित पुरुषको पनि धरानमै मृत्यु भएको छ ।
संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १४ गते नै अस्पताल भर्ना भएकी थिए । उनमा उच्चरक्तचापसम्बन्धी समस्या थियो ।
शुक्रबार ३ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।