ताप्लेजुङः नेपाल सरकारले ताप्लेजुङ जिल्लाको ९ आयोजनालाई प्राथमिकतामा पारेको छ ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८–८९ को बजेट वक्तव्यमार्फत् प्राथमिकतामा समावेश गरेको जानकारी दिए ।
ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला, संखुवासभा जिल्लाको किमाथाङका, मुस्ताङको कोरोला, हुल्लाको यारी र कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाहको पूर्व तयारी पूरा गरेर निर्माण कार्यको सुरुवात हुने अर्थ मन्त्री पौडेलले बताए । बन्दरगाह निर्माण गर्न आश्यक बजेटको व्यवस्था गरेको पौडेलले बताए ।
हिमाली जिल्ला ताप्लेजुङदेखि दार्जुला जिल्लासम्म हिमालय पदर्माग निर्माण गर्ने र पर्यटन विकास गर्ने सरकारले बजेट बक्तव्यमा प्राथमिता दिएको छ ।
सुकेटर विमानस्थललाई स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीको स्मृतिका रुपमा विकास गर्ने मन्त्री पौडेलले बताएका छन् । त्यसको अहिले विरोध पनि हुँदै आएको छ ।
निर्माणाधीन ताप्लेजुङको पाथीभरा खानेपानी आयोजनालगायत सात जिल्लाको खानेपानी आयोजनाको लागि दुई अर्ब ६८ करोड बजेट विनियोजन भएको छ । ओलाङचुङगोला पहँचमार्ग निर्माण तथा सुधारको लागि सरकारले प्राथमिकता दिएको छ ।
तमोर करिडोर चतरादेखि ओलाङचुङगोला खण्डको लागि नेपाल सरकारले प्राथमिकता दिएको छ । ताप्लेजुङलगायत ७३ जिल्लामा जनता आवस कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई घर निर्माण गरिने कार्यक्रममा ताप्लेजुङलाई बजेटमा समेटको छ । जसको लागि दुई अर्ब ५० करोड बजेट सरकारले विनियोजन गरेको छ । तमोर जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यताको अध्ययनका कार्य शीघ्र सम्पन् गरी निर्माण कार्य ससचारु गर्ने सरकारले घोषणा गरेको छ ।
