धरानः धरानमा बराहक्षेत्रका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
उर्लाबारी-४ मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १२ गते नै अस्पताल भर्ना भएका थिए ।
मङ्गलबार ९ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
