Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भाउ बढेपछि कुन रक्सीको मूल्य कति ?, नेपालको मदिरा संसारकै महँगो

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७८, बिहिबार
भाउ बढेपछि कुन रक्सीको मूल्य कति ?, नेपालको मदिरा संसारकै महँगो

धरानः सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । हालैमात्र अध्यादेशमार्फत आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याएको सरकारले वाइन, बियर, ह्वीस्की, भोड्का तथा चुरोट, विडीको अन्तःशुल्कमा अधिकतम वृद्धि गरेको हो ।
बजेटपछि प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले बियरमा लाग्दै आएको अन्तःशुल्क बढाएर १ सय ९८ रुपैयाँ पुरयाइएको छ । भने, १६५ रुपैयाँ प्रतिलिटर अन्तःशुल्क रहेको वाइनको १ सय ९८ रुपैयाँ पु¥याइएको छ । यस्तै, १५ युपीको मदिराको अन्तःशुल्क १५ सय ९२ रुपैयाँ पुरयाइएको छ ।
२५ युपीको मदिरा लिटरमा ९ सय ९० रुपैयाँ अन्तःशुल्क लिँदै आएकोमा बजेटपछि अधिकतम १ हजार १ सय १८ रुपैयाँ पुरयाइएको छ । ३० युपीको मदिरा ९२० रुपैयाँ अन्तःशुल्क लिइएकोमा हाल १ हजार १ सय ५ रुपैयाँ पुरयाइएको छ । अन्य मदिराहरुमा १ हजार ३ सय २५ रुपैयाँ प्रतिलिटर अन्तःशुल्क रहेकोमा हाल १ हजार ५ सय ९२ रुपैयाँ पुरयाइएको छ । ।
कुन मदिराको मूल्य कति पुग्यो ?
बजेटपटि बढेको अन्तःशुल्कका कारण अब वियरको मूल्य सरदर प्रति बोतल ५० रुपैयाँले बढ्ने भएको छ । २०० देखि २५० रुपैयाँ प्रतिबोटल मूल्य रहेको वियरको मूल्य ३०० रुपैयाँ, ३००–३८० रुपैयाँ प्रतिबोटल रहेको वियरको मूल्य ४५० रुपैयाँ हारहारी पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै, वल्र्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सन लगायका हार्ड ड्रिङस्हरुको मूल्य प्रतिलिटरमा ४ सय रुपैयाँले बढ्ने छ । जस अनुसार हाल प्रतिलिटर ३ हजार ७७० रुपैयाँ प्रतिलिटर रहेको वल्र्ड दरबारको अन्तःशुल्क वृद्धिपछिको मूल्य ४ हजार माथि पुग्नेछ ।
यस्तै, रुस्लान भोड्का तथा ८८४८ ब्राण्डको वाइन प्रतिलिटरमा ३ सय रुपैयाँले बढ्ने अनुमान गरिएकोमा यसको मूल्य क्रमशः २ हजार ४ सय र २ हजार हाराहारी पुग्ने अनुमान गरिएको छ ।
एक मदिरा उद्यमीले सरकारले करको दर बढाएर नेपालको मदिरा संसारकै महँगो बनाएको बताएका छन् ।
‘हामीले बजेट आउनु अघि प्रिजेन्टेसन गरेर मदिरा उद्योगको अवस्था र राजस्व बढ्ने आधारहरू प्रस्तुत गरेका थियौं । तर सरकारले बजेट मार्फत अत्यधिक मूल्य बढाएर स्वदेशी मदिरा धराशायी बनाउन खोज्यो,’ उनले भने, ‘अब भारतीय मदिरा अवैधरूपमा आएर बिक्री हुनेछ । नेपाली मदिरा उद्योग समाप्त हुनेछ ।’
उनका अनुसार भारतमा एक हजार रुपैयाँमा पाइने मदिरा नेपालमा दुई हजारभन्दा महँगो हुनेछ । ‘उदाहरणकै लागि भारतमा ६ सय भारतीय रुपैयाँमा पाइने सिग्नेचर अब नेपालमा २१ सय रुपैयाँ पर्नेछ,’ उनले भने, ‘यो भनेको सिधा सरकारले अवैध व्यापारलाई बढावा दिन खोजेको हो ।

प्रकाशित मिति: जेष्ठ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend