Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२४ युवतीलाई मोबाइलमा ‘आई लभ यू…’ भनेर म्यासेज पठाएपछि !

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७८, बिहिबार
२४ युवतीलाई मोबाइलमा ‘आई लभ यू…’ भनेर म्यासेज पठाएपछि !

धरानः एक २४ वर्षीया युवतीलाई मोबाइलबाट ‘आई लभ यू’ भनेर म्यासेज पठाएपछि अहिले घटनाले फरक रुप लिएको छ । अहिले युवा अस्पतालमा पुगेका छन् भने युवती पक्राउ समेत परेकी छिन् ।
यो घटना भोजपुर जिल्लामा गत शनिबार घटेको हो । भोजपुरको पौवादुङ गाउँपालिकामा एक युवतीलाई सधैंजसो ट्युसन पढ्न भनी जान्थिन् । एकदिन मोबाइलमा म्यासेज आयो- आई लभ यू बुढी ।
ती छात्राका अनुसार आफूले सहनै सकिन । आफ्नो शिक्षकको घाँटी रेटिन् । ट्युसन पढाउने शिक्षकले फोनमा म्यासेज गर्दै ‘आइ लभ यू बूढी’ भन्दै म्यासेज गरेपछि गत शनिबार भोजपुरको पौवादुङ गाउँपालिका-६ की २४ वर्षीया छात्रा (पवित्रा राई नाम परिवर्तन) ले शिक्षक योगेन्द्र कार्कीको खुकुरीले घाँटी रेटेको प्रहरीले जनाएको छ ।
पौवादुङ-४ का २९ वर्षीय शिक्षक कार्की ती छात्रालाई ट्युसन पढाउन ठूलोदुङ्मा जाने गरेका थिए । उनले छात्राको फोन नम्बर मागेका थिए । ती छात्राले फोन नम्बर पनि दिइन् । फोन नम्बर पाएका शिक्षकले म्यासेजमा प्रायःजसो ती छात्रासँग कुरा गरिहन्थे । केही समययता भने ती शिक्षकले छात्रालाई ‘ओइ बुढी, आई लभ यू डार्लिङ’ भन्ने सन्देश पठाउन भ्याएका थिए । त्यसपछि आक्रोशित बनेकी ती छात्राले शनिबार राति ९ बजे मानेडाँडामा शिक्षक कार्कीलाई ‘सरप्राइज’ दिने भन्दै बोलाएकी थिइन् ।
‘त्यहाँ पुगेका कार्कीले युवतीले भनेअनुसार गरे । युवतीले आँखा चिम्लिन पनि लगाइछिन्, घाँटी ठाडो पार्नु पनि भनिछन् र सो आदेशअनुसार काम शिक्षकले गरेका रहेछन् । त्यसपछि युवतीले घाँटी रेटेकी रहेछिन ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी कृष्णकुमार चन्दले भने, ‘शिक्षकको उपचारपछि फर्किएका छन्, अहिले ती युवतीलाई पक्राउ समेत गरिएको छ ।’ शिक्षकलाई काटेकै बिहान उनलाई पक्राउ गरेर ल्याइएको उनले जानकारी दिए ।
अहिले पनि अनुसन्धानकै चरणमा रहेको सई चिरञ्जीवी रेग्मीले जानकारी दिए । उनले घाँटीको अप्रेसनपछि शिक्षक घर फिरिसकेको जानकारी दिए । ‘बिहीबार (आज) घटना विवरण कागजात गराउँदा शिक्षकलाई पनि ल्याएका थियौं’, फोन सम्पर्कमा भने, ‘ती शिक्षकको काटिएको ठाउँमा अप्रेसन गरिएको पाइयो, राम्रै बोलेका पनि छन्, अनुसन्धान नै भइरहेकोले थप कुरा खुल्छ ।’
शिक्षकको घाँटी छिन्न केही मात्र बाँकी रहेको अवस्थामा उनको प्राथमिक स्वास्थ्य चौकी मानेडाँडामा उपचार गरिएको स्थानीयबासीले बताएका छन् । युवतीले घाँटी रेटेपछि घाइते भएका शिक्षक कार्की डाँडाबाट गाउँबस्ती भएको ठाउँमा पुगेका थिए । त्यसपछि स्थानीयले उपचारका लागि त्यहाँ लगेका थिए ।
त्यहाँ डा. कैलाश विश्वकर्माले कार्कीलाई सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरेका थिए । विराटनगरमा उपचार गरी कार्कीलाई पुनः जिल्ला अस्पताल ल्याइएको र थप उपचार भइरहेको डा. विश्वकर्माले बताए ।
खुकुरी प्रहार गर्ने युवतीले आफूमाथि शिक्षकले असभ्य शब्दहरू म्यासेन्जरमा पठाएकाले सहन नसकेर आक्रमण गरेको बताएकी छन् ।

प्रकाशित मिति: जेष्ठ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend