Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा जेठ ३१ गतेसम्म लकडाउन

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
सुनसरीमा जेठ ३१ गतेसम्म लकडाउन

धरानः सुनसरी जिल्लामा जेठ मसान्त अर्थात् जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा अर्थात् लकडाउन लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । प्रशासनले भोलि (शनिबार) वैशाख २२ गतेदेखि फेरि लकडाउन थपेको हो । भोलि (शनिबार) लकडाउनको म्याद सकिँदैछ ।
बैशाख १३ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना बढी भइसकेको छ । बैठकले निषेधाज्ञा थप गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । जिल्लामा सङ्क्रमण नघटेपछि जेठ अन्तिमसम्म नै निषेधाज्ञा लम्ब्याउनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित मेयरहरुको पनि सहभागिता थियो । ‘मेयरलगायत जनप्रतिनिधि सम्मिलित बैठकले यस्तो निर्णय गरेका हौं’, उनले भने, ‘पहिला जसरी निषेधाज्ञा घोषणा थियो, त्यही अनुसार नै गर्ने निर्णय भएको छ ।’
बैठकमा खाद्यान्न पसलहरू खुलाउने भन्ने विषयमा छलफल मात्रै चलेको तर त्यो पनि नखुलाउने निर्णय भएको उनले जानकारी दिए । ‘छलफलचाहिँ चल्यो’, उनले भने, ‘तर जेठ अन्तिमसम्म त्यो पनि नखुलाउने निर्णय भएको छ ।’
उनले विकास निर्माणमा सहभागी हुने मजदुरलाई भने रोकावट नगरिने जानकारी दिए ।
यसअघिको निषेधाज्ञामा तरकारीदेखि खाद्यान्न पसलसमेत बन्द गरिएको थियो । यसपटक पनि यसैलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।
जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआएको हुनाले निषेधाज्ञा जेठ ३१ गतेसम्म नै लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘विशेषतः निषेधाज्ञाले संक्रमणदर पनि घटेको पाइएकोले फलदायी भएको पाइएको छ भने जनप्रतिनिधिबाट पनि यस्तै कुरा आएको हुनाले निषेधाज्ञा थपिएको हो ।’
उनले हाल कोरोना संक्रमणको दर घट्दो रहेको जानकारी दिए । ‘निषेधाज्ञा लगाइएपछि कोरोना संक्रमण दर घट्दै आइरहेको छ, अब जेठ ३१ गतेसम्म जारी निषेधाज्ञाले अझै केही नियन्त्रणमा आउँछ भन्ने हो’, उनले भने । आदेशको अवज्ञा गरेको खण्डमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम दण्ड सजाय हुने जनाइएको छ ।

 

 

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend