Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बन्द रहेका सरकारी कार्यालय र बैंक भने खुल्न थाल्ने !

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७८, शुक्रबार
सुनसरीमा बन्द रहेका सरकारी कार्यालय र बैंक भने खुल्न थाल्ने !

धरानः सुनसरीमा जारी निषेधाज्ञामा सरकारी कार्यालय र बैंक, वित्तीय संस्था भने खुल्ने भएका छन् ।
सुनसरीमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञाको अवधिमा सरकारी कार्यालय भने खुल्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको आदेशमा अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालयमा आवश्यक पर्ने कर्मचारी बिहान ९ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म कार्यालयमा उपस्थित हुने प्रयोजनका लागि परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने उल्लेख गरिएको छ ।
यस्तै, बै(क तथा वित्तीय संस्था स्थानीय तहको समन्वयमा हप्तामा तीन दिन (आइतबार, मंगलबार रबिहीबार) न्युनतमकर्मचारी राखी खुल्ला गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend