Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रसारण लाइन निर्माणमा जताततै समस्या भएपछि सेयरसम्म दिएर भएपनि काम फत्ते गरिने

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७८, शनिबार
प्रसारण लाइन निर्माणमा जताततै समस्या भएपछि सेयरसम्म दिएर भएपनि काम फत्ते गरिने

धरानः सरकारले लामो समयसम्म पनि प्रसारण लाइन निर्माण हुन नसक्ने समस्याको समाधानका लागि एउटा उपाय निकालेको छ ।
अधिकांश प्रसारण लाइन निर्माणमा जग्गा प्राप्तिको विषय नै सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यसलाई समाधान गर्न प्रसारण लाइनको टावर बस्ने र तार मुनी (राइट अफ वे) पर्ने जग्गा धनीलाई सेयर दिने सरकारको तयारी छ ।
देशभित्र निर्माण हुने जुनसुकै आयोजनाको समेत सेयर दिने सरकारको योजना छ । अर्थसचिव शिशिरकुमार ढुंगानाका अनुसार प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि सेयर दिने नीति अगाडि सारिएको बताए ।
आगामी आर्थिक वर्षको बजेटमा समेत त्यसम्बन्धी नीतिगत व्यवस्था गरिएको छ । हाल निर्माणका क्रममा रहेका झण्डै चार दर्जन बढी साना ठूला सबै प्रसारण लाइन निार्मणमा जग्गा प्राप्तिको समस्या छ । सोही समस्याका कारण झण्डै २०० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा जोड्न समस्या भएको छ ।
अर्थसचिव ढुंगानाले सेयर दिएपछि स्थानीयले पनि आयोजनामा आफनो स्वामित्व महसुुस गर्ने र समस्या खडा नगर्ने सरकारको बुझाई रहेको बताएका छन् । यद्यपि, त्यसको विस्तृत कार्ययोजना र ढाँचा भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
जग्गा प्राप्तिको समस्याका कारण मस्र्याङदी काठमाडौं २२० केभी प्रसारण लाइनमा समस्या रहेको छ । यस्तै कतै वन क्षेत्रको जग्गा प्राप्ति पनि समस्याका रुपमा देखिएको छ ।
हेटौडा- इनरुवा ४०० केभी प्रसारण लाइन समेत वन क्षेत्रको जग्गा प्रयोगमा समस्या भएका कारण लामो समयदेखि समस्यामा परेको छ । यस्तै, सिंगटी लामोसाँघु प्रसारण लाइनमा समेत समस्या रहेको छ ।

काभ्रेमा पनि स्थानीयबासीले जग्गाको विषयमा लफडा गरेर प्रसारण लाइन बनाउन दिएका छैनन् । धादिङको सिद्धलेक गाँउपालिकामा पनि स्थानीयको अवरोधका कारण २ वटा टावर निर्माण हुन सकेको छैन ।
गोरखाको पालुङटारमा पनि त्यस्तै समस्या रहेको छ । कोशी करिडोरमा उस्तै अवस्था छ । सोलु करिडोर त पटक पटक म्याद थप गर्दै जाने अवस्था रहेको छ ।
सो समस्या समाधानका लागि सरकारले सेयर दिने नीति अगाडि सारेको हो । जग्गा पर्नेलाई के कति मात्रामा कसरी सेयर दिने भन्ने बारेमा भने मन्त्रालयले नै आवश्यक तयारी गरेर काम गर्नेछ ।
जग्गा प्राप्तिमा सधै हैरानी खेपेपछि सेयर दिने विषयमा यसअघि देखि नै ऊर्जा मन्त्रालयमा आवश्यक चर्चा परिचर्चा भएको थियो । बजेटमा नै स्पष्ट व्यवस्थाका साथ आएपछि समस्या समाधान हुने ऊर्जा उद्यमीले समेत विश्वा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: जेष्ठ २२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend