धरानः धरानमा ६३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान-११ सुनसरी संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ११ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ११ गते नै अस्पताल भर्ना भएका थिए । उनमो उच्च रक्तचापसम्बन्धी समस्या रहेको चिकित्सकले जनाएका छन् ।
शनिबार ५ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
