धरानः धरानमा बराहक्षेत्रकी ६० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
बराहक्षेत्र–४ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग थिएन ।
शनिबार ७ः० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
