धरानः धरानमा धरानकी ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–१५ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २० गते अस्पताल भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग थिएन ।
मंगलबार २ः०० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरानमा धनकुटाकी ६२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । बुधुनी–५ धनकुटाकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १२ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग थिएन ।
सोमबार ८ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
