Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा असार १ गते खोप लगाइने

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७८, आइतबार
धरानमा असार १ गते खोप लगाइने

धरानः धरानमा आउँदो असार १ गते खोप लगाइने भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलनको आयोजना गर्दै गत फागुन ११ गते कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाई दोस्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि खोप लगाउन लागिएको जानकारी दिएको हो । पहिलो मात्रा लगाई दोस्रो मात्रा छुट भएका व्यक्तिहरुको लागि दोस्रो मात्रा खोप सञ्चालन हुने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उपमहानगर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको छ ।
आउँदो असार १ गते धरानको छाताचोकस्थित रहेको पुरानो हस्पिटलमा दोस्रो मात्रा छुट भएकाको लागि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाइने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइने प्रमुख मेहताले जानकारी दिए ।
पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरान उपमहानगरपालिकाअन्तर्गतको विभिन्न खोप केन्द्रहरूबाट गत माघ १४ गतेदेखि फागुन ११ गते सम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाइएको जानकारी दिए ।
गत वैशाख ७ गतेदेखि जेठ ११ गतेसम्म कोभिशिल्डको दोस्रो मात्रा खोप सञ्चालन भई अधिकांश व्यक्तिलाई दोश्रो मात्राको खोप पूरा भएको थियो भने सो अवधिमा सञ्चालित भएको खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरु छुटेका थिए । उनीहरुलाई असार १ गते कोभिशिल्ड खोप लगाइने भएको हो ।
तस्वीरः लक्ष्मण थापा

 

प्रकाशित मिति: जेष्ठ ३० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend