धरानः धरानमा ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–१८ का संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २४ गते नै अस्पताल भर्ना भएका थिए । शनिबार ४ः५५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरानमा ३४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
लहान–१५ का संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २७ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ९ गते नै अस्पताल भर्ना भएका थिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

