Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान नागरिक दबाव सञ्जालको माग

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
धरान नागरिक दबाव सञ्जालको माग

धरानः धरानमा धरान नागरिक दबाव सञ्जाल, दलीय संयन्त्र, बीपीभित्र चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका पदाधिकारीहरुबीच छलफल भएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको छलफलमा प्रतिष्ठानको भ्रष्टाचारविरुद्ध आवाज उठाएका डा.विष्णु पोख्रेललाई निकालिएको घटनाप्रति दबाव सञ्जालले भत्र्सना गर्दै अविलम्व उक्त कारवाही फिर्ता लिन माग गरेको छ ।
डा. पोख्रेलले अनियमितताबारे अख्तियारको ध्यानार्कषण गराउँदा उपकुलपतिले स्पष्टीकरण सोधेपछि अहिले चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित समेत छन् ।
यस्तै, दबाव सञ्जालले चिकित्सक तथा विद्यार्थीको आन्दोलनलाई नैतिक समर्थन गर्ने जनाएको छ । दबाव सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले छलफलमा उनीहरुको आन्दोलनलाई नैतिक समर्थन गर्दै जाने निर्णय भएको जानकारी दिए । उनले प्रतिष्ठानविरुद्धको आन्दोलन विकृति, विसङ्गतिविरुद्ध भएकोले समाज र सञ्जालले आफ्ना सीमाहरुलाई ख्याल गर्दै आन्दोलनमा जाने जानकारी गराए ।
प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै समेत आएका छन् ।
यता प्रतिष्ठान दिन प्रतिदिन धरासायी बन्दै गएको भन्दै धरानका नागरिक अगुवाहरुले दबाव सञ्जाल गठन गरेर सुधारको लागि दबाव दिँदै आएका छन् ।प्रतिष्ठानमा भएको आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्चस्तरीय समिति गठन गरेर छानविन गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष यहाँका चिकित्सक र कर्मचारीले माग गरेका छन् ।  शुरुमा दबाव दिने नभए हदैसम्मको आन्दोलनमा जान दबाव सञ्जाल तयार रहेको जनाइएको छ ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend