Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुँगुरको खोरमा बस्दै आएका दुर्गाबहादुरलाई सहयोग

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
सुँगुरको खोरमा बस्दै आएका दुर्गाबहादुरलाई सहयोग

धरानः धरान–१६ स्थित नौलो बस्तीमा सुङ्गुरको खोरबाट नयाँ भाडाको घरमा पुनस्थापना गरिएका दुर्गाबहादुर याक्खालाई सहयोग जुट्ने क्रम जारी रहेको छ ।
बिहीबार जनप्रतिनिधिहरु महिला वडा सदस्य लक्ष्मी लकान्द्री र सदस्य सुरेश श्रेष्ठको उपस्थितिमा राइट फर राइटसको तर्फबाट अध्यक्ष उषा ढकाल र उपाध्यक्ष शिखा लिम्बूले याक्खा परिवारलाई टेबलपङ्खा हस्तान्तरण गरेका छन् ।
त्यस्तै, होप धरानका सदस्यहरु लिजा घिमिरे र अनोज अग्रवालले याक्खासहित श्रीमती र छोरालाई एक–एक जोर लुगा र चप्पल प्रदान गरे । त्यसैगरी धरान–१० सैनिक चोकस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक जीतबहादुर राउतले याक्खाका छोराको शिक्षाका लागि नगद ५ हजार रुपैयाँ प्रदान गरे । याक्खालाई विभिन्न संघ संस्था र ब्यक्तिहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।
उनको ७ वर्षीय छोराले अहिलेसम्म स्कुल समेत देखेका छैनन् । आर्थिक अवस्था दयनीय भएकोले छोरालाई स्कुल पढाउन नसकिएको दुर्गाबहादुर बताउँछन् ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend