Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ का दीर्घरोगी संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
असार ४ २०७८, शुक्रबार
धरान-१६ का दीर्घरोगी संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा ८० वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–१६ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ २४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत जेठ २४ गते नै अस्पताल भर्ना भएका थिए ।
बिहीबार ६ः१० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी थिए । उनमा उच्च रक्तचापको समस्या थियो ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend