Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुईजना संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असार ५ २०७८, शनिबार
धरानमा दुईजना संक्रमितको मृत्यु

धरानः धरानमा ६६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–११ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ असार ३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ३ गते नै अस्पताल भर्ना भएका थिए ।
शनिबार ४ः२० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी थिए । उनमा उच्च रक्तचापको समस्या थियो ।
यस्तै, सुन्दरहरैंचा–१० मोरङका संक्रमित पुरुषको पनि प्रतिष्ठानमै निधन भएको छ । गत जेठ असार १ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १ गते नै अस्पताल भर्ना भएका थिए । शनिबार ६ः२० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी थिए । उनमा उच्च रक्तचापको समस्या थियो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend