Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दीपा राईले दिइन् १५ विपन्न परिवारलाई खाद्यान्न

हाम्रो कोशी आवाज
असार ६ २०७८, आइतबार
दीपा राईले दिइन् १५ विपन्न परिवारलाई खाद्यान्न

धरानः विगत लामो समयदेखि समाजसेवामा तल्लिन धरान–८ निवासी दीपा राईले वडाका एक सुत्केरी महिलासहित १५ विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेकी छिन् ।
बहिनीहरु विमला राई र विद्या राई (हाल बेलायत) को आर्थिक सहयोगमा चामल, दाल, तेल, आलु, न्युटेला, नुन, प्याज, टमाटरलगायतका खाद्य सामग्री प्रदान गरिएको हो ।
त्यस्तै, २० दिनकी सुत्केरी महिलालाई हर्लिक्स, चना, न्युटेला, बिस्कुट, चिउरा, साबुन र कपडा प्रदान गरिएको छ । सो परिवारलाई सामग्री प्रदान गर्नका लागि आर्थिक सहयोग गर्ने अन्यमा धरानकी ज्योति थापा, काठमाण्डौका अशोक लिम्बू र दमौलीका सुरज सुब्बा रहेका छन् ।
यस्तै, होप धरान, एफटिएल अनलाइन टिभी र श्यामचोक युवा समाजको संयुक्त समन्वयमा धरान–१५ स्थित एक टिनको छाना भएको जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका वृद्ध दम्पत्तिलाई आइतबार धरानका विभिन्न संस्था र ब्यक्तिले सहयोग गरेका छन् ।
धरान–९ मा रहेको जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीको तर्फबाट शाखा प्रमुख प्रतीक श्रेष्ठले ७० वर्षीय मानवीर मगरलाई ग्याँसचुल्हो सेट, १ बोरा चामल, चाउचाउ, दाल, तेल, बिस्कुटलगायत सामग्री प्रदान गरे ।
कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री प्रदान गरिएको शाखा प्रमुख श्रेष्ठले बताए । त्यस्तै, धरान–९ निवासी बिमल अग्रवाल र रीता अग्रवालले एक सेट भाडाकुडा प्रदान गरे ।
धरान मुस्लिम एकता समाजको तर्फबाट फिरोज अलीले एक बोरा चामल प्रदान गरे । भुवानी माफेन, बिना मादेन र हस्तकला मादेनको तर्फबाट आफ्ना स्वर्गीय पिता दलबहादुर मादेनको स्मृतिमा एउटा खाट, एक थान सिरक–डस्ना, सिरानी, तन्ना र झुल प्रदान गरेका छन् ।
समाजसेवी एवम सामाजिक अभियन्ता शिव बान्तवाले सो सामग्री मगर दम्पत्तिलाई हस्तान्तरण गरिन् । हस्तान्तरण कार्यक्रममा धरान जेसिजका अध्यक्ष मणिराज अधिकारी, सुनसरी जिल्ला टेबलटेनिस संघका अध्यक्ष निविन बनेपाली, सुनचादी ब्यवसायी संघ सुनसरीका सचिव रोहन हाडा, होप धरानका अध्यक्ष निश्चल पलिखेलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: असार ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend