Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका कोभिडका बिरामी कुरुवालाई पानी

हाम्रो कोशी आवाज
असार ७ २०७८, सोमबार
धरानको बीपी प्रतिष्ठानका कोभिडका बिरामी कुरुवालाई पानी

धरानः होप धरान जुनियर टिमले सोमबार बीपी प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचाररत बिरामीका कुरुवा, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मिनरल वाटर वितरण गरेको छ ।
कोभिड बिरामीका कुरुवाहरुलाई ६० कार्टुन, स्वास्थ्यकर्मीहरुलाई १० कार्टुन र सुरक्षाकर्मीहरुलाई ५ कार्टुन गरी जम्मा ७५ कार्टुन पानी वितरण गरिएको होप धरानका अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।
दक्षिण एसियाकै ठूलो अस्पतालमध्येको एक भनिए पनि विभिन्न ठाउँबाट उपचारको लागि आएका कोभिड बिरामीका कुरुवाहरुको लागि ब्यवस्थापन गर्न नसक्नु र यस्तो लथालिङ् हुनु धरानबासीका लागि लाजमर्दो कुरा भएको होपका अध्यक्ष पलिखेले बताए ।

प्रकाशित मिति: असार ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend