धरानः धरानमा ४३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–१३ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १० गते नै अस्पताल भर्ना भएका थिइन् ।
बिहीबार २ः१५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी थिइन् । उनमा उच्च रक्तचाप, मधुमेहलगायतको समस्या थियो ।
यस्तै, धरान–५ का संक्रमित ७९ पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १० गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार १० गते नै अस्पताल भर्ना भएका थिए ।
शुक्रबार ४ः५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
